पाल्पाको अर्गली कुसेनीमा गौमहायज्ञ विविध कार्यक्रम सम्पन्

23
SHARES
190
VIEWS

चुरामणी तिमल्सिना। तानसेन नगर पालिका वडा न १४ अर्गली कुसेनी पाल्पामा बैशाख १ गतेदेखी संचालन भएको गौमहायज्ञ विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । गौ माताको संरक्षण , दिगोबिकास तथा ब्यबस्थापनको लागि आयोजना गरिएको महायज्ञमा गौ सेवा आश्रमका सस्थापक संरक्षक शंकर गिरिले कथा बाचन गर्नु भएको थियो भने दैनिक पाठ पारायण पाल्पा बगनासकाली यम्घाका हरि पाण्डेले गर्नु भएको थियो।

समापन सत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथी तानसेन नगर् पालिका वडा न १४ का वडा अध्यक्ष कमल रानाले छोटो समयको प्रचारप्रसार संगै गौ माताको दर्शन गर्न भक्तजनहरुको बाक्लो उपस्थिति रहेको , विभिन्न स्थानिय बाट आफुले रकम संकलन गर्न सहयोग पुर्याउने र आगामी दिन्मा पनि यस्ता धार्मिक कार्यक्रम आयोजना गर्न आग्रह गर्नु भयो ।समापन सत्रमा जन प्रतिनिधिहरु,महिला समुह पत्रकार , सामाजिक अभियानता हरु धार्मिक अभियनताहरु गौ प्रेमी भक्तजनहरुको बाक्लो उपस्थिति रहेको थियो।

यज्ञ लाई समापन गर्दै सस्थाका सस्थापक अध्यक्ष राजु मल्लले यश कार्यक्रम लाई सफल पुर्याउन सहयोग गर्नु हुने सम्पुर्ण दान दाता प्रती हार्दिक अभार व्यक्त गर्नु भएको थियो। कार्यक्रमको सन्चालन सस्थाका सचिब त्रैलोक्य न्यौपानेले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार