काठमाडौं,१२ जेठ
७५३ स्थानीय तहमध्ये अहिलेसम्म ७ सय ४९ वटा पालिकाको मत परिणाम सार्वजनिक भएको छ । अब ४ वटा पालिकाको मात्रै अन्तिम नतिजा सार्वजनिक हुन बाँकी छ ।
जसअन्तर्गत नेपाली कांग्रेसले ३२७ पालिका जितेको छ । नेकपा एमालेले २०५ पालिका जितेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले १२१ पालिका जित्दा नेकपा एकीकृत समाजवादीले १२, जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ६३ पालिका जितेका छन् ।
विहिबार बिहान ११ बजेसम्म निर्वाचन आयोगको केन्द्रीकृत डेटामा समाविष्ट तथ्याङ्कअनुसार नेपाली कांग्रेसले १३९ पालिकामा प्रमुख पद जितेको छ भने एक पालिकामा अग्रता लिएको छ । यस्तै, नेकपा एमालेले ८२ पालिकामा प्रमुख पद जितेको छ भने कुनै पालिकामा अग्रता लिएको छैन ।
नेकपा माओवादी केन्द्रले २५ पालिकामा प्रमुख पद जितेको छ भने अग्रता लिएको छैन । यस्तै, नेकपा एकीकृत समाजवादीले १२ पालिकामा प्रमुख पद जित्दा एकमा अग्रता कायम गरेको छ । अन्य पार्टीले ३१ पालिकामा प्रमुख पद जितेका छन् भने एक पालिकामा अग्रता छ। ४६० गाउँपालिकातर्फ सबै पालिकाको मतपरिणाम आएको छ ।
जसमध्ये कांग्रेसले १८८ पालिकामा अध्यक्ष पद जितेको छ । एमालेले १२३ पालिकामा अध्यक्ष पद जितेको छ । माओवादी केन्द्रले ९६ पालिकामा अध्यक्ष पद जितेको छ भने जनता समाजवादी पार्टीले २१ र अन्य पार्टीले ३२ पालिकामा अध्यक्ष पद जितेको छ । कांगेसले ११० पालिकामा उपप्रमुख पद जितेको छ भने अग्रता लिएको छैन । यस्तै, एमालेले १११ पालिकामा उपप्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ।
माओवादी केन्द्रले ३३ पालिकामा उपप्रमुख पद जितेको छ भने एक पालिकामा अग्रता छ । जनता समाजवादीले १२ पालिकामा उपप्रमुख पद जितको छ भने अग्रता छैन । अन्यले २३ पालिकामा उपप्रमुख पद जितेका छन् भने पालिकामा अग्रता लिएका छैनन्। यस्तै, कांग्रेसले १९०, एमालेले १२६,मओवादी केन्द्रले ९५,जनता समाजवादी पार्टीले १९ र अन्यले ३० पालिकामा उपाध्यक्ष पद जितेका छन् ।
यि हुन् मत सार्वजनिक हुन बाँकी पालिका
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत अब चार वटा पालिकाको मात्रै अन्तिम परिणाम सार्वजनिक हुन बाँकी छ । ७ सय ५३ मध्ये ७ सय ४९ पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।
अन्तिम परिणाम आउन बाँकी पालिकामा काठमाण्डौ महानगरसहित उदयपुरको त्रियुगा, रुपन्देहीको तिलोत्तमा र बाजुराको बुढीगंगा नगरपालिकाको अन्तिम नतिजा आउन बाँकी छ ।
मतपरिणा आउन बाँकी मध्ये बाजुरको बुढीगंगा नगरपालिकाको मतगणना नै सुरु हुन सकेको छैन । अन्यको मतगणना अन्तिम चरणमा पुगेको छ ।
Discussion about this post