दुर्घटनामा श्रीमानको ज्यान गयो, गर्भवती श्रीमति घाइते,पेटको बच्चा समेत जिउदो रहेन

251
SHARES
108
VIEWS

राजन भट्टराई,भाद्र १४
स्याङ्जा : ६ बर्षको छोरा काठमाडौ छाडेर गर्भवती रहेकि श्रीमतीलाई एम्बुलेन्स साहार लिएर आफ्नो घर स्याङ्जा चापाकोट आएका भानुभक्त गैहे (कृष्ण) ले आफ्नी श्रीमतीको गर्भमा भएको सन्तानको मुख हर्न नपाई देहावसन हुन पुगे ।

बिश्वभर फैलिएको कोरोना संक्रमणले काठमाडौ भन्दा घरमा नै बच्चा जन्माउन सुरक्षित हुने सल्लाह बमोजिम उनले गर्भवती श्रीमतीलाई लिएर एम्बुलेन्सको सहयोगमा घर आउदै गर्दा दुर्घटनामा परे। वालिङ् ५ मझकोट आइतवार विहान बा २ झ ४०११ नम्बरको एम्बुलेन्स दुर्घटना हुदा गैह्रे सहित दुई जनाको निधन र दुई जना घाइते भएका थिए ।

शनिवार विरामी लिएर काठमाडौ गएको एम्बुलेन्समा फर्कदा चालक सहित ४ जना सवार थिए । दुर्घटना मा चापाकोट ९ का श्याम पंगेनीको पनि निधन भएको छ। एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी र गर्भावती रहेको पवित्रा पोख्रेल घाइते भएका छन ।उनिहरुको पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । पवित्राले श्रीमान त गुमाईन नै आफ्नो पेटमा रहेको बचालाई भने जिउदै पाउन नसक्ने भएकी छन्।

चापाकोट नगर स्वास्थ्य प्रमुख विन्दु कोइरालाका अनुसार घाइते पवित्रा को पेटमा भएको भच्चा दुर्घटनाका कारण निधन भइसकेको चिकित्सकले जानकारी दिएको बताए।कोइरालाका अनुसार चालक भण्डारी र पवित्राको स्वास्थ्य भने सामान्य रहेको छ । पहिरोले साघुरो सडक र लामो दुरीको यात्रा हुदा दुर्घटना भएको अनुमान प्रहरी को छ ।

बिश्वभर कोरोना संक्रमणले सताएको बेला नेपाल पनि संक्रमणबाट थलिएको छ। यस्तो कठिन परिस्थिति मा चापाकोटवासीको अत्यावश्यक बिरामिका लागि सहयोग गदै आएको एम्बुलेन्स दुर्घटना भएको खबरले दुखित तुल्याएको चापाकोट नगर प्रमुख शिवकुमार गिरीले बताए ।

घाइते र मृतकका परिवारमा धैयधारण गर्न समेत नगर प्रमुख गिरिले आग्रह गरेका छन । एम्बुलेन्स ग्रामीण सडकबाट झण्डै २५० मिटर तल झरेको प्रहरीले जनाएको छ। सडकमा पहिरो गएको र साघुरो भएका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

यश विषयमा अनुसन्धान जारी भएको प्रहरीले जनाएको छ। राजमार्ग मा भन्दा ग्रामीण सडकमा दुर्घटना हुन थालेको जिल्ला ट्राफिक प्रहरीको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
ताजा समाचार