संवाददाता

आजबाट कास्की जिल्लाभर निषेधाज्ञ गर्ने घोषणा

आज राति १२ बजेदेखि भदौ ७ गते राति १२ बजे सम्मका लागी कास्की जिल्ला भर निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रहरी उपरिक्षक जीवन श्रेष्ठले जानकारी दिए ।अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने र अनावश्यक हिडडुल गर्ने समेत राेक लगाईएकाे छ।आज...

पोखरामा एक जना कोरोना संक्रमितको निधन

गण्डकी प्रदेशमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचाररत एक जनाको आज बिहान १०:४० मा मृत्यु भएको हो। मृतक पोखरा महानगर पालिका वडा नम्बर १६ का ८७ वर्षीय पुरुष रहेका छन् । मृतक उच्च...

वडा प्रहरी कार्यालय वालिङमा प्रदर्शन

स्याङ्जाको वालिङमा वडा प्रहरी कार्यालय घेराउ सहित नारावाजी भएको छ । साउन २८ गतेदेखि बेपत्ता भएका वालिङ १०.का रोशन पौडेलको खोजी कार्यमा ढिला गरेको भन्दै वालिङमा नारवाजी सहित प्रदर्शन गरिएको हो । पौडेल साउन २८ गते साथीसँगै आँधिखोलामा पौडी खेल्ने...

एसइइ परीक्षा २०७६ को नतिजा सार्वजनिक

बुटवल । राष्ट्रिय परीक्षा बोर्डले विसं २०७६ सालको एसईईको नतिजा प्रकाशित गरेको छ । बोर्डको बैठकले विद्यार्थीको परीक्षाफल प्रमाणित गरेको छ । बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले भर्खरै परीक्षाफल प्रकाशित भएको जानकारी दिए । परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले...

स्याङ्जामा दुई सहित गण्डकी प्रदेशमा चार जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको पछिल्लो प्रेस बिज्ञप्ति अनुसार गण्डकी प्रदेशमा थप चार जना कोभिड -१९ का बिरामी थपिएका छन् । संक्रमित हुनेहरु स्याङ्जाको वालिङ नगरपालिकाका दुई जना , नवलपुरको बौद्धकालीका १ र कास्कीको पोखरा महानगर पालिकाका १...

अमोर सेवा र मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग

भीरकोट नगरपालिकाले आश्रमलाई खाद्यान्न सहयोग गरेको छ । नगरपालिकाले स्याङजाको फेँदिखोला १ मा रहेको अमोर सेवा नेपाल र पोखरा महानगरपालिका १७ मा रहेको मानव सेवा आश्रमलाई झण्डै एक लाख बराबरको सहयोग गरेको हो ।अमोर सेवा नेपालकी अध्यक्ष कमला पराजुली र...

नेपालमा थप ६४१ जनामा कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमण हुनेको संख्या साढे २६ हजार नाघेको छ । गत २४ घण्टामा देशभर गरिएको परीक्षणका कारण ६४१ जनामा कोरोना संक्रमणको पुष्टि भएसंगै संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको नियमित...

चापाकोट-रामपुर जोड्ने कालीगण्डकीको प्याक्लुक झोलुङ्गे पुल अत्यान्तै जीर्ण

राजन भट्टराई ,साउन ३२स्याङ्जा : चापाकोट- रामपुर जोड्ने कालीगण्डकीको दामाचौर प्याक्लुक झोलुङ्गे पुल अत्यान्तै जीर्ण बनेको छ । स्याङ्जाको चापाकोट नगरपालिका– ८ र पाल्पाको रामपुर नगरपालिका– ६ मा रहेको यो पुल अत्यान्तै जीर्ण बन्दै गएपछि पनि यात्रुले जोखिमै सहेरै नदी...

नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको सङ्ख्या १०० पुग्यो

काठमाण्डाै – नेपालमा कोरोना भाइरस सङ्क्रमणकाे कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको छ । धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको ज्यान गएसँगै काेराेना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय पुगेको हो । जनकनन्दनी गाउँपालिका ४ का ५०...

पाल्पा अपडेट:-तानसेन बजार क्षेत्र सिल

तानसेन नगरपालिका ४ की ४० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तानसेन बजारका विभिन्न क्षेत्र सिल गरिएको छ । स्थानीय स्तरसम्म सङ्क्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबार बेलुकी ८ बजेदेखि लागू हने गरी बजार क्षेत्र सिल गरेकाे...

Page 122 of 125 1 121 122 123 125
ट्रेन्डिङ